नेप्सेमा दोहोरो अंकको सुधार, तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट
२२ माघ, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । सोमबार नेप्से परिसूचक १४.५७ अंकले बढेर २०७६.२७ विन्दुमा पुगेको छ। सोमबार नेप्से बढेपनि कारोबार रकम भने घटेको छ। आज २ अर्ब ४३ करोड ८० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
सोमबार १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। सोमबार तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन नेपाल टेलिकम, पिपुल्स पावर र समाज लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको हो । आज स्वाभिमान लघुवित्तको सेयरमूल्य भने सर्वाधिक घटेको छ । यस दिन पनि हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ ।
प्रकाशित मिति : २२ माघ २०८०, सोमबार १५:२०












