८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

लाभांश प्रस्ताव पारित गर्न युनाइटेड इदी मर्दीले बोलायो साधारण सभा

२२ माघ, काठमाडौँ । युनाइटेड इदी मर्दी एण्ड आरबी हाईड्रो पावर लिमिटेडले लाभांशको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १४ औं वार्षिक साधारण सभा बोलाएको हो ।

कम्पनीकाे सभा फागुन १७ गते पोखरा कास्कीमा रहेको आभ्या क्लबमा आयोजना हुनेछ । सभाले गत आर्थिक वर्षकाे असार मसान्तसम्मको सञ्चित मुनाफाबाट चुक्तापूँजीको ५.५० प्रतिशत बोनस सेयर र ०.२७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु स्वीकृत गर्ने तथा आ.व २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी फागुन ४ गते गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ फागुन ३ गतेसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीकाे लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : February 5, 2024 at 10:13 am