२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै संखुवासभा पावर

२१ माघ, काठमाडौँ। संखुवासभा पावर डेभलपमेण्ट कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २५ प्रतिशत अर्थात रु १०० अंकित दरका २५ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले आईपीओ निष्कासन प्रयोजनका एनआईसी एशिया क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनी र क्याटिलबीच आईडिया टु आईपीओ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, सेयर रजिष्ट्रार सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझी र कम्पनीका तर्फबाट अध्यक्ष सौरभ अर्यालले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : 17:40