६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

नेप्सेमा दुई कम्पनीको मूल्य समायोजन

२१ माघ, काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको मूल्य समायोजन भएको छ । नेप्सेमा रिडी पावर कम्पनी र यूनिक नेपाल लघुवित्तको मूल्य समायोजन गरेको हो ।

नेप्सेले रिडी पावर कम्पनीको ५० प्रतिशत हकप्रद पछि २१६ रुपैयाँ ६७ पैसामा मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य २७५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।

त्यसैगरी, यूनिक नेपाल लघुवित्तको १०.२६१२ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ५६१ रुपैयाँ ३० पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार ६१८ रुपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा यी दुवै कम्पनीको भोली साेमबार सेयरबजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : २१ माघ २०८०, आईतवार १७:३०