२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

‘जीवित देवी’ सर्वज्येष्ठ नागरिक बाटुली लामिछानेको १२२ वर्षको उमेरमा निधन

२० माघ, नुवाकोट । ‘जीवित देवी’को उपमा पाएकी सर्वज्येष्ठ नुवाकोटकी बाटुली लामिछाने १२२ वर्षको उमेरमा निधन भएको छ । बाटुलीको शुक्रबार राति ककनी गाउँपालिका वडा नम्बर ८ मा रहेको आफ्नै निवासमा उहाँको निधन भएको हो ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित गिरानचौरमा विसं १९५९ चैत १० गते आमा देवीकुमारी तिवारी र जयनारायण तिवारीको कोखबाट जन्मिएकी थिइन । बाटुलीलाइ विसं २०७० वैशाख २४ गते जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट खटिएको टोलीले घरमै गएर नागरिकता दिएको थियो । त्यसपछि बाटुली सर्वजेष्ठ रहेको विषयमा सार्वजनिक भएको थियो । बाटुलीको नाम सर्वजेष्ठ नागरिकको रूपमा गिनिज वर्ल्ड रेकर्ड लेखाउनका लागि पहल भए पनि महिला मन्त्रालयको असहयोगका कारण त्यो भने सम्भव भएको थिएन ।

यो पनि पढ्नुहोस्

‘जीवित देवी’ सर्वज्येष्ठ नुवाकोटकी बाटुली लामिछाने १२० वर्षमा, ‘ह्याप्पी बर्थ डे आमा’

नुवाकोटकी ११६ वर्षीय बाटुली लामिछानेलाई मासिक ५ हजार प्रदान गर्ने सांसद मैनालीको घोषणा

‘जीवित देवी’को उपमा पाएकी सर्वज्येष्ठ नुवाकोटकी बाटुलीको नाम ‘गिनिज बुक’मा लेखिने

नेपालकै जेष्ठ नागरिक नुवाकोटकी बाटुली बस्ने घर बनाउन सांसद मैनालीले दिए १० लाख

सबैभन्दा जेठी नागरिक नुवाकोटकी बाटुलीको घरमा स्वास्थ्यराज्यमन्त्री र सांसद (फोटोफिचर)

नुवाकाेट थानसिङकी ११७ बर्षिया बाटुलीलाई ककनी गाउँपालिकाले मासिक १० हजार दिने निर्णय गर्याे

लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको उनको स्वास्थ्य परीक्षणबाट पनि पुष्टि भइसकेको थियो । बटुलीको ८१ वर्षीय छोरा नेत्रप्रसाद लामिछाने बुहारी र नाती नातिना रहेका छन । बाटुलीको बारेमा दैनिकीमा यसअघि प्रशारण भएको भिडियो रिपोर्ट तल हेर्न र सुन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : February 3, 2024 at 8:22 am