२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै कालंगा हाईड्रो

१९ माघ, काठमाडाैँ। कालंगा हाईड्रो लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले रु.  १०० अंकित दरमा ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेकाे हाे ।

कम्पनीले उक्त साधारण सेयरमध्ये ३४ करोड ९० लाख रुपैयाँ बराबरको ३४ लाख ९० हजार कित्ता साधारण सेयरको प्रत्याभुतिकर्तामा ज्योति क्यापिटललाई नियुक्त गरेको छ ।  बिहिबार क्यापिटल र हाइड्रोपावर कम्पनीबीच सेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

कालंगा हाईड्रोको रजिष्टर्ड कार्यालयमा आयोजित समारोहबीच ज्योति क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र कालंगा हाईड्रो लिमिटेडको तर्फबाट सञ्चालक तिर्थराज चटौतले सेयर प्रत्याभुति गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । ज्योतिविकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ ।

प्रकाशित मिति : 16:54