२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


१९ माघ, काठमाडाैँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्ती डेरा गरी बस्ने पाल्पा पूर्वखोला गाउँपालिका–२ घर भएका ४० वर्षीय रेवतबहादुर रानालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदातल पाटनको २०७७ मङ्सिर २१ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २४ दिन कैद सजाय, रु ७५ लाख जरिवाना र रु ७५ लाख बिगो भराई क्षतिपूर्तिवापत पीडित राहत कोषमा रु तीन लाख जम्मा गराउने ठहर भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौँ गोकर्णेश्वरबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँ पठाइएको छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार १६:१४