९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

नेशनल हाइड्रोपावरको विद्युत बिक्री आम्दानी घट्यो, नाफा २० प्रतिशतले बढ्यो

१९ माघ, काठमाडाैँ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीले विद्युत बिक्री मार्फत ५ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.१६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको विद्युत बिक्री मार्फत ५ करोड ५८ लाख रुपैयाँ आम्दानी भएकाे थियो।

 चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले ८८ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.१७ प्रतिशतले बढी हाे । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले ७३ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको खुद नाफा २०.१७ प्रतिशतले बढेर ८८ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

पुस मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी २ अर्ब ४६ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष ४ करोड ५९ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीकाे प्रतिसेयर आम्दानी १ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ८० पैसा छ ।

प्रकाशित मिति : February 2, 2024 at 10:18 am