२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

बाँसबारीको जग्गा प्रकरणः अरुण चौधरी र थापालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति


१८ माघ, काठमाडाैँ । बाँसबारीको सरकारी जग्गा हडपेको आरोपमा व्यवसायी अरूण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई ४ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उपस्थित गराइएका उचौधरीलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो ।

सोही प्रकरणमा पक्राउ परेका छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष थापालाई पनि ४ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार १७:३३