१२ फाल्गुन २०८२, मंगलवार | Wed Feb 25 2026

बाँसबारी प्रकरणः म्याद थपका लागि चौधरीलाई सरकारी वकिलको कार्यालय लगियो

१८ माघ, काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय काठमाडौंमा लगिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा अरुणसहित तीन जनालाइ पक्राउ गरेको थियो । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा निजहरूलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार १६:५३