२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

बाँसबारी छाला जुत्ता कारखाना प्रकरणः थप एक जना पक्राउ


१८ माघ, काठमााडाैँ । बाँसबारीको सरकारी जग्गा प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। बिहीबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बाँसबारी छाला जुत्ता कारखानाका सञ्चालक समितिका अध्यक्षसमेत रहेका सञ्जय ठाकुरलाइ पक्राउ  गरेकाे हाे ।

त्यसअघि सिआइबीको टोलीले व्यवसायी अरूण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

कारखानाको १० रोपनी जग्गा प्रकरणमा एकै दिन चौधरी र थापालाई ब्यूरोले पक्राउ गरेको हो । वार्षिक १० लाख जुत्ता उत्पादन गर्ने गरी तत्कालीन ‘च्याम्पियन फूटवेयर लिमिटेड’ ले १० रोपनी जग्गा हडपेको आरोप छ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार १६:१७