सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै दुई कम्पनी
१८ माघ, काठमाडौँ । विभिन्न दुई कम्पनीले सर्वसाधारका लागि साधार सेयर (आईपीओ) निष्काशन गर्ने भएकाे छ । अन्नपूर्ण केबलकार लिमिटेड र ह्याविट्याट पावरले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारणसभा बाेलाएका छन् ।
अन्नपूर्ण केबलकार लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित फागुन ११ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीकाे सभा वाटरफ्रन्ट रिसोर्ट लेकसाईड पोखरामा दिउँसो २ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले सर्वसाधारणलाई आईपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।
साथै, आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पारित गर्नेछ ।
त्यस्तै, ह्याविट्याट पावरले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न फागुन १० गते प्रथम साधारण सभा बाेलाएकाे छ । सभा काठमाडाैँकाे हाँडीगाँउमा रहेको कम्पनीको कार्यालयमा बिहान ११ बजेबाट सुरू हुनेछ ।
सभामा सर्वसाधारण तथा स्थानियलाई आईपीओ निष्कासन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा कम्पनीको चुक्तापूँजीभन्दा बढी कर्जा लिने विशष प्रस्ताव समेत पारित गरिनुका साथै गत आव २०७/९८० को वित्तीय विवरणहरु पारित गरिनेछ ।
प्रकाशित मिति : 14:52









