३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

माल्टा पठाइदिन्छु भन्दै छ लाख ठगी गर्ने प्रकाश पक्राउ

१७ माघ, काठमाडौँ । माल्टा पठाइदिन्छु भन्दै रु छ लाख १८ हजार ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका–१३ का प्रकाश गुरुङलाई पक्राउ गरिएको छ ।

गुरूङले एक जना बेरोजगार युवकलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक रु एक लाख २० हजार तलबमा काम लगाइदिने भन्दै पटकपटक गरी उक्त रकम ठगी गरेकाले निजलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रकाशित मिति : February 1, 2024 at 9:28 am