सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा पनि घट्यो
१७ माघ, काठमाडौँ । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार नेप्से परिसूचक २१.६७ अंकले घटेर २०९७.९३ विन्दुमा पुगेको छ। आज ५ अर्ब २९ करोड ४२ लाख ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज सामलिङ्ग पावर कम्पनीको सेयर मूल्य सर्वाधिक बढेकाे छ ।
यस दिन मेन्छियाम हाइड्रोपावर, स्वाभिमान लघुवित्त, अप्पर साङ्गे हाइड्रोपावरको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ। कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स सर्वाधिक खरिदबिक्री भएकाे छ ।
प्रकाशित मिति : १७ माघ २०८०, बुधबार १५:१६












