२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै श्रीनगर एग्रीटेक इन्डस्ट्रिज

१७ माघ, काठमाडौँ। श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नका लागि विशेष साधारण सभा बोलाएको छ ।

कम्पनीको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले फागुन २ गते कम्पनीको कर्पोरेट कार्यालयमा बिहान १० बजे सभा बोलाएको छ । सभा

सभाले सर्वसाधारणलाई जारी गर्ने भनि छुट्टाइएको सेयरलाई संशोधन गरी प्रिमियम वा अंकित मूल्यमा आईपीओ निष्कासन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले कम्पनीको अधिकृत पूँजी,जारी पूँजी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित मिति : 12:13