१० असार २०८३, बुधबार | Thu Jun 25 2026

नेपाल वेयरहाउजिङ्गको नोक्सानी बढ्यो, प्रतिसेयर आम्दानी ऋणात्मक

१७ माघ, काठमाडाैँ । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ९ करोड २१ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नोक्सानी २ करोड ९९ लाख रुपैयाँ थियो।

कम्पनीले यो अवधिसम्म ६६ लाख १७ हजार बढी आम्दानी गरेको छ । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ३२ लाख ४६ हजार बढी आम्दानी गरेको थियो ।

कम्पनीको खर्च १२२ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ४ करोड ४२ लाख रहेको कम्पनीको खर्च दोस्रो त्रैमाससम्ममा बढेर ९ करोड ८७ लाख रुपैयाँ पुगेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४० पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ २३ पैसा छ ।

प्रकाशित मिति : January 31, 2024 at 11:15 am