२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

१७ माघ, काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बुधबार बिहान आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागी गत पुस २५ गतेदेखि माघ १० गतेसम्म प्रतिकित्ता ३६० रुपैयाँको २ लाख ६७ हजार कित्ता आईपीओको बिक्री आवेदन खुलाएको थियो ।

उक्त आईपीओमा ३३ हजार ८२४ जना आवेदकबाट २१ लाख ३९ हजार २२० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । जस मध्ये १४ जनाको आवेदन रद्द भएको थियो भने कुल ३३ हजार ८ सय १० जना मात्र सेयर पाउन योग्य रहेका थिए । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथबाट सेयर बाँडफाँड गरिएको छ । जस अनुसार ५ हजार ३ सय ४० जनाले ५० कित्ताको दरले सेयर पाएका छन् । भने बाँकी आवेदकको हात खाली भएको छ ।

आईपीओको नतिजा बिक्री प्रबन्धकको वेबसाइट https://www.globalimecapital.com/,मेरो शेयरको वेबसाइट  http://meroshare.cdsc.com.np/#/login र सिडिएसको वेबसाइट   http://iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ ।

प्रकाशित मिति : 10:40