२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

शिक्षा पत्रकार समाजका महासचिव पण्डितको निधन

१७ माघ, काठमाडौँ । गोरखापत्र दैनिकका उपसम्पादक शेषकान्त पण्डितको अर्बुद रोगका कारण ४७ वर्षका उमेरमा आज बिहान निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा अउपचारका क्रममा आज बिहान ३ः०० बजे उहाँको निधन भएको परिवारका सदस्यले जनाएका छन् ।

पण्डितको आन्द्रामा अर्बुद भएको थियो । तनहुँको भानु नगरपालिका–१२ मा २०३३ वैशाखमा जन्मिएका पण्डितका श्रीमती, एक छोरा र एक छोरी छन् । शिक्षा पत्रकार समाजका महासचिव पण्डित पत्रकारिता तथा सामाजिक अध्ययनको अध्यापन र पुस्तक लेखनमा पनि संलग्न थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

पण्डितको निधनमा शिक्षा पत्रकार समाजले शोक विज्ञप्ति प्रकाशित गरि दुःख प्रकट गरेको छ । अध्यक्ष प्रकाश शिलवालले विज्ञप्त मार्फत पाण्डितको निधनले नेपाली पत्रकारिता र खासगरी शिक्षा पत्रकारिताको क्षेत्रमा अपुरणीय क्षति भएको जनाएका छन ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार १०:०१