६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

नेप्सेमा दोहोरो अंकको सुधार, तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

१६ माघ, काठमाडाैँ । साताको तेस्राे कारोबारको दिन मंगलबार सेयर बजारमा दाेहाेराे अंकको सुधार आएको छ । मंगलबार नेप्से परिसूचक १४.८८ अंकले बढेर २११९.६१ विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। आज ५ अर्ब ५४ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आन तीन कम्पनीकाे सेयरमा सकरात्मक सर्किट लाएको छ । यस दिन चन्द्रगिरी हिल्स, समाज लघुवित्त र रावा इनर्जी डेभलपमेन्ट सेयरमा सकरात्मक सर्किट लाएको हाे । यस दिन मिड सोलु हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक घटेकाे छ । मंगलबार हिमालयन रि इन्स्योरेन्सकाे सबैभन्दा बढी काराेबार भएकाे छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलवार १५:०९