२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

हृदयघातबाट पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको निधन

१६ माघ, काठमाडौं। हृदयघातका कारण पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको निधन भएको छ। ५६ वर्षीय मरासिनीकाे घरमा बसिरहेकाे समयमा छातीमा समस्या आएपछि मङ्गलवार बिहान ९ बजे अस्पताल पुर्‍याइएको थियो।

कलंकीको नेशनल अस्पताल पुराइएका मरासेनीको उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालमा उपचारका क्रममा बिहान १० बजे उनकाे निधन भएको पाटन उच्च अदालतका प्रवक्ता तीर्थ भट्टराईले जानकारी दिए। उनी सरुवा भएर दुई दिन अघि मात्र पाटन उच्च अदालत हाजिर भएका थिए।

पुस १८ मा उच्च अदालतमा नियुक्त भएका मरासिनीको पुस २४ गते उच्च अदालत पाटनमा पदस्थापन भएको थियो। उनीसहित पदस्थापन भएका न्यायाधीशहरूलाई न्यायपरिषद्ले यसबीचमा ओरियन्टेसन कक्षमा राखेको थियो।

ओरियन्टेसन कक्षा सकिएपछि मरासिनी सोमबार मात्रै उच्च अदालत पाटनमा हाजिर भएका थिए। तर, उनका लागि अदालतमा हाजिर भएको दोस्रो दिन अर्थात आज (मंगलबार) गोलाप्रथाद्वारा इजलास तोकिँदै थियो। तर इजलास नतोकिँदै उनकाे निधनकाे खबर फैलिएपछि अदालतमा सन्नाटा छाएकाे ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलवार १२:३०