नेप्सेसँगै बढ्यो कारोबार रकम, तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट
१५ माघ, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । सोमबार नेप्से परिसूचक १०.२६ अंक बढेर २१०४.७२ विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। आज ४ अर्ब ५६ करोड ६५ लाख रुपैयाँ बराबरको १ करोड २३ लाख २२ हजार कित्ता सेयर कारोबार भएको छ।
साेमबार तीन कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन यूनियन हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेकाे हाे । आज गरिमा विकास बैंकको ऋणपत्रको मूल्य सर्वाधिक घटेकाे छ । यस दिन हिमालयन रि इन्स्योरेन्स सबैभन्दा बढी काराेबार भएकाे छ ।
प्रकाशित मिति : १५ माघ २०८०, सोमबार १५:१७












