हकप्रद बिक्रीको तयारीमा रहेको बाराही हाइड्रो घाटामा, प्रतिसेयर आम्दानी पनि ऋणात्मक
१५ माघ, काठमाडाैँ । बाराही हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८०/०८१ को दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।पुस मसान्तसम्म कम्पनी १२ लाख ३० हजार रुपैयाँ घाटामा रहेको छ । पुस मसान्तसम्म कम्पनीले २ करोड १० लाख ११ हजार रुपैयाँको विद्युत बिक्री गरेको छ । यस्तै अन्य आयमा २२ हजार २६२ रुपैयाँ रहेको छ ।
कम्पनीको वित्तीय खर्च १ करोड २१ लाख ६० हजार, प्रशासनिक खर्च ११ लाख ४४ हजार रुपैयाँ, सञ्चालन खर्च २६ लाख ६८ हजार रुपैयाँ रहेको छ । चुक्ता पुँजी २५ करोड रुपैयाँ रहेको कम्पनीकाे जगेडा कोष १० करोड ७४ लाख रुपैयाँले ऋणात्मक छ । यस अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४९ पैसा नोक्सानीमा छ । प्रतिसेयर नेटवर्थ भने ५७ रुपैयाँ रहेको छ । हाइड्रोपावरले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । बाराहीले प्रतिकित्ता १०० रुपैयाँका दरले २५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ ।
प्रकाशित मिति : १५ माघ २०८०, सोमबार १२:४६












