नाफासँगै बढ्यो एचआईडिसीएलको प्रतिसेयर आम्दानी
१५ माघ, काठमाडाैँ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ( एचआईडिसिएल ) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ७५ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.४७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६७ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा कम्पनीकाे सञ्चालन आम्दानी १८१.६२ प्रतिशतले बढेर १ करोड २३ लाख ४९ हजार रुपैयाँ पुगेको छ । वित्तीय आम्दानी ४.६२ प्रतिशतले बढेर १ अर्ब ७ करोड ७५ लाख ४५ हजार रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा एचआइडीसीएलको चुक्ता पुँजी २२ अर्ब ७७ करोड ५७ लाख ९९ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा १ अर्ब ८९ करोड ७ लाख ६० हजार रुपैयाँ छ । नाफासँगै कम्पनीकाे प्रतिसेयर आम्दानी पनि बढेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २६ पैसा बढेर ६ रुपैयाँ ६१ पैसा बढेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ३ पैसा रहेको छ ।
प्रकाशित मिति : January 29, 2024 at 10:15 am









