२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

एकैपटक कालोसूचीमा परे २२ कम्पनी (सूचीसहित)

१५ माघ, काठमाडाैँ । एकैपटक विभिन्न २२ वटा कम्पनी कालोसूचीमा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का लिएर समयमै निर्माण सम्पन्न नगर्ने यी  कम्पनीलाई कालोसूचीमा राखेकाे हाे ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम आजैका मितिदेखि लागू हुने गरी २२ वटा कम्पनीलाई कालोसूचीमा राखेको बताइएको छ । कालोसूचीमा पर्नेमा लोहनी एन्ड ब्रदर्स प्रालि चितवन, जेके बिल्डर्स, बाँके, शर्मिला निर्माण सेवा, कालिकोट, ओम गौरीशंकर इन्फ्रास्ट्रक्चर काठमाडौं रहेका छन् ।

त्यस्तै, देवी रमण कन्ट्रक्सन कम्पनी, ललितपुर, खड्गदेवी कन्स्ट्रक्सन, तनहुँ, गजुरमुखी निर्माण कम्पनी, इलाम नव बिल्डर्स प्रालि, धनुषा, एसबिएम इन्जिनियरिङ एसोसियट्स, काठमाडौं, खड्गदेवी कन्स्ट्रक्सन (पुनः) पनि सार्वजनिक खरिद अनुगमनको कालोसूचीमा परेका छन् ।

साथै, शिवालय बिल्डर्स, मकवानपुर, न्यु नेहा इन्टरप्राइजेज, काठमाडौं, एमएस बेहादाबाबा निर्माण सेवा, कैलाली, पाँचखाल कन्स्ट्रक्सन, काठमाडौं र न्यु भेरी इन्जियिरिङ वर्कसप, सुर्खेत पनि कालोसूचीमा छन् ।

त्यस्तै, आयुष एन्ड अनुष कन्स्ट्रक्सन एन्ड सप्लायर्स, तनहुँ, खड्देवी कन्स्ट्रक्सन, तनहुँ, अनुपमा निर्माण सेवा, गोरखा, अन्नपूर्ण निर्माण सेवा, गोरखा, लक्ष्मी कन्स्ट्रक्सन, गोरखा, शारदा कन्स्ट्रक्सन कम्पनी, पर्सा, त्रिवेणी निर्माण सेवा, कास्की सार्वजनिक खरिदको कालोसूचीमा छन् । ती निर्माण व्यवसायीहरु ३ देखि १ वर्ष अवधिका लागि कालोसूचीमा परेका छन् । कालोसूचीमा परेकाहरु कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

प्रकाशित मिति : January 29, 2024 at 9:59 am