२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ आवेदन दिने आज अन्तिम दिन

१४ माघ, काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले बुक बिल्डिङ्ग प्रक्रिया मार्फत निष्काशन खुला गरेको सेयरमा बोलपत्र पेश गर्ने आज माघ १४ गते अन्तिम दिन रहेको छ। कम्पनीले माघ १० गतेदेखि योग्य संस्थागत लगानीकर्ताहरुका लागि सेयर निष्काशन गरेको हो।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख २६ हजार ६०० कित्ता शेयर बुक बिल्डिङ्ग प्रक्रियामार्फत निष्काशन गर्न अनुमति पाएको थियो। सोमध्ये ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता सेयर बिक्री मूल्य सीमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँ तोकिएको छ।

कम्पनीले नेप्सेले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरु सहभागि गराई बिक्री मूल्यको सीमा भित्र रहि बोलकबोल मार्फत सेयर बिक्री गरेको हो।

बोलपत्र पेश गर्ने अन्तिम मितिको भोलीपल्ट धितोपत्र बजारले योग्य संस्थागत लगानीकर्ताहरुलाई निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको कट अफ मूल्य निर्धारण भएको जानकारी गराउनेछ। कट अफ मूल्य निर्धारण गरेपछि सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कटअफ मूल्यमा बाँडफाँड गरिनेछ। कबोल गरिएको मूल्य कट अफ मूल्यभन्दा कम भएमा त्यस्तो योग्य संस्थागत लगानीकर्तालाई धितोपत्र नगरिने कम्पनी जनाएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : 10:12