२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका रोजिन पक्राउ


१२ माघ, काठमाडौँ । पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट लिखु गा.पा. वडा नं. ०४ घर भई हाल काठमाडौँको तार्केश्चर न.पा. नेपालटार बस्ने रोजिन न्यौपाने रहेका छन् ।

रोजिनले निरज धमलासहित सात जनालाई पोर्चुगल पुगेपछि कृषि कम्पनीमा मासिक एक लाख २० हजार रुपैयाँ तलब पाउने जागिर लगाइदिने प्रलोभन देखाएका दिए । रोजिनले प्रतिव्यक्ति १० लाख रूपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी १२ लाख रूपैयाँ ठगी गरी सम्पर्क बिहीन भएका थिए ।

रोजिनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले माछापोखरीबाट पक्राउ गरेको हो । रोजिनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार १७:४७