१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

त्रिभुवन विमानस्थलमा अध्यागमनका अधिकृतमाथि प्रहरीद्वारा हातपात

१२ माघ, काठमाडौँ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीमाथि प्रहरीले हातपात गरेको छ । शुक्रबार बिहान अध्यागमनका कर्मचारीले चेकजाँच गर्दा अभद्र बोली व्यवहार गरेको भन्दै प्रहरीले हातपात गरेका हुन्।

बिहान विमानस्थलको अराइभलबाट डिपार्चरतिर अध्यागमन अधिकृत छायाँलाल मोक्तान जाँदा मेटल डिटेक्टर भएको स्थानमा प्रहरीले उनलाई चेकजाँच गरेको थियो । सोहि क्रममा प्रहरी, कर्मचारी तथा मोक्तानको विवाद भएको थियो । मोक्तानले आफू अध्यागमन अधिकृत भएको भन्दै मेटल फ्री भएपछि सधैँ चेक गर्नुनपर्ला भनेपछि विवाद सुरू भएको थियो ।

यद्यपि प्रहरीले आफ्नो जिम्मेवारी पूरा गर्दा कर्मचारीले असभ्य बोलेकाले धकेलाधकेलसम्म भएको तर कुटपिट नभएको दाबी गरेको छ। सीसीटीभी फुटेजमा अधिकृत मोक्तानमाथि प्रहरीले हातपात गरेको देखिएको छ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार १६:४३