६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

निरन्तर घट्दै सेयर बजार,  ३ अर्ब ७६ करोडको कारोबार

११ माघ, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएको छ । गत साताको मंगलबारदेखि घट्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको छ। आज नेप्से परिसूचक ३.४९ अंकले घटेर २०८४.०९ विन्दुमा बन्द भएको छ ।

बिहीबार  ३ अर्ब ७६ करोड ४५ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख कित्ता सेयर खरिदबिक्री भएको छ। आज सामलिङ्ग पावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । यस दिन मिड सोलु हाइड्रोपावर र इन्फिनिटी लघुवित्तको सेयरमूल्य सर्वाधिक बढेको छ । बिहीबार सिटिजन्स म्युचुअल फण्ड २ को इकाई मूल्य सर्वाधिक घटेको छ । हिमालयन रि इन्स्योरेन्स आज सबैभन्दा बढी कारोबार भएको छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार १५:२०