७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

दुई कम्पनीको नगद लाभांश सेयरधनीहरुको खातामा जम्मा

१० माघ, काठमाडौँ । दुई जलविद्युत कम्पनीहरुले नगद लाभांश सेयरधनीहरूको खातामा जम्मा गरेको छन् । चिलिमे र भगवती हाइड्रोपावर कम्पनीले आफ्ना सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेका हुन् ।

चिलिमेको पुस २० गते सम्पन्न सभाले गत वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही लाभांश सम्वन्धित सेयरधनीको खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ । कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई तुरुन्त अद्यावधिक गर्न पनि आग्रह गरेका छन् ।

त्यस्तै,  भगवतीको हाइड्रोपावर कम्पनीले गत पुस २४ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७९/८० का लागि पारित १०.५२६३ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।

कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा माघ २ गतेदेखि उक्त नगद लाभांश जम्मा गरेको जनाएको छ । भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुले सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले आग्रह गरेको छ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार ११:५१