२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

अब भिजिट भिसामा विदेश जान चाहिन्छन् यी कागजात

९ माघ, काठमाडौँ । सरकारले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जाँदा आवश्यक पर्ने कागजातहरुबारे नयाँ कार्यविधि जारी गरेको छ । भिजिट भिसामा यात्रा गर्दा सहजीकरणका लागि चाहिने कागजात र पूरा गर्नुपर्ने शर्तबारे स्पष्ट गरिएको हो ।

मंगलबार विभागले आफ्नो वेबसाइटमार्फत् यात्रा परामर्श जारी गर्दै ६ बुँदमा आवश्यक पर्ने कागजातहरू सार्वजनिक गरेको हो। भिजिट भिसामा विदेश जानको लागि कम्तीमा पनि ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्ने विभागले जनाएको छ। त्यस्तै, भिजिट भिसामा विदेश जाने अनुमति पाउन दुईतर्फी ९जाने र आउने० हवाई टिकट अनिवार्य हुनुपर्ने बताइएको छ ।

भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र देखाउनुपर्नेछ ।

त्यसैगरी, भ्रमणको सबै खर्च व्यहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण ९नगद वा डेविटरक्रेडिट कार्ड० पनि अनिवार्य गरिएको छ । साथै, संयुक्त अरब इमिरेटस्, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा स्वःघोषणा फारम भर्नुपर्ने छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलवार १८:१३