भारतको सेयर बजार बन्यो विश्वको चौथो ठूलो
९ माघ, काठमाडौँ । भारतको सेयर बजार विश्वको चौथो ठूलो सेयर बजार बनेको छ । हङकङको सेयर बजारलाई पछि पार्दै भारतको बजार चौथो ठूलो बनेको हो ।
ब्लूमबर्गले सार्वजनिक गरेको प्रतिवेदन अनुसार भारतीय सेयर बजारमा सूचीकृत कम्पनीहरुको बजार पूँजीकरण ४.३३ लाख करोड डलर पुगेको छ । हङकङको सेयर बजारमा सूचीकृत कम्पनीहरुको बजार पूँजीकरण ४.२९ लाख करोड डलर रहेको छ ।
अहिले विश्वको सबैभन्दा ठूलो सेयर बजार अमेरिका हो। अमेरिकाको सेयर बजारको मार्केट क्याप ५०.८६ ट्रिलियन डलर रहेको छ। त्यस्तै, ८.४४ ट्रिलियन पूँजीकरणसहित चीन दोस्रो स्थानमा छ भने ६.३६ ट्रिलियन भएको जापान तेस्रो स्थानमा छ।
प्रकाशित मिति : ९ माघ २०८०, मंगलवार १५:०६












