२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

यस वर्षको एसईई चैत १५ गतेदेखि (तालिकासहित)


८ माघ, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको छ ।

एसईई परीक्षा आगामी चैत १५ गतेदेखि चैत २७ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरिसकेको छ। परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ। यस वर्षको एसईई परीक्षामा चार लाख ८९ हजार विद्यार्थीले परीक्षाका लागि आवदेन दिएका छन् ।

 

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार १४:०१