८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

दुई कम्पनीको नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा

८ माघ, काठमाडौँ । विभिन्न दुई कम्पनीले नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा गरेको छ । मञ्जुश्री फाइनान्स र सोल्टी होटल लिमिटेडले आफ्ना सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको हो ।

 मञ्जुश्री फाइनान्सले पुस ८ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद लाभांश जम्मा गरेको हो । हालसम्म पनि डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई तुरुन्त अद्यावधिक गर्न पनि कम्पनीले आग्रह गरेको छ ।

फाइनान्सको पुस २५ गते सम्पन्न सभाले गत वर्षको नाफाबाट ५.२६ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। त्यस्तै, सोल्टीले पुस ४ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद लाभांश जम्मा गरेको हो ।

कम्पनीको पुस २६ गते सम्पन्न सभाले गत वर्षको नाफाबाट २६.५७ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही लाभांश कम्पनीले सेयरधनीको खातामा जम्मा गरेको हो । कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई तुरुन्त अद्यावधिक गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार १३:३६