नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षमा नवराज अधिकारी
७ माघ, काठमाडाैँ । सरकारले नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी बरिष्ठ कर्मचारीको हैसियतमा डा नबराज अधिकारीलाई दिएको छ । आइतबार अर्थ मन्त्रालयले मन्त्रीस्तरिय निर्णय गर्दै बोर्डका बरिष्ठ कर्मचारीको रूपमा रहेका अधिकारीलाई निमित्त अध्यक्षको जिम्वेवारी दिएको हो ।
बोर्डका अध्यक्ष रहेका रमेश हमालको कार्यकाल सकिए पछि पुस २१ गतेदेखि बोर्ड नेतृत्व बिहिन थियो । सरकारले नयाँ अध्यक्षको नियुक्ति नहुँदासम्मका लागि उनलाई बोर्डको दैनिक प्रशासन र सञ्चालक समितिको बैठक बोलाउने अधिकार दिएको छ । सरकारले नयाँ अध्यक्ष नियुक्त गर्नको लागि सिफारिस समिति गठन गरिसकेको छ । गत बुधबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो। समितिमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य छन्।
प्रकाशित मिति : 17:05









