१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

प्राइम कमर्सियलको नाफा ३२.१३ प्रतिशतले बढ्याे, प्रतिसेयर आम्दानीमा पनि वृद्धि

७ माघ, काठमाडाैँ । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब १८ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.१३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६५ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा ९.५४ प्रतिशतले बढेर ३ अर्ब ८७ रकोड ४३ लाख रुपैयाँ कायम भएको छ । समिक्षा अवधिमा बैंकको सञ्चालन नाफा पनि ३२ प्रतिशत बढेर ३ अर्ब ११ करोड ८४ लाख रुपैयाँ कायम भएको छ । यस्तै, बैंकको वितरणयोग्य नाफा ६ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

 समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ५८ करोड ३१ लाख रुपैयाँबाट घटेर २८ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ। १९ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ९ अर्ब ९३ करोड ७२ लाख रुपैयाँ सञ्चित छ। याे अवधिमा बैंकले २ खर्ब ६ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७० अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ४७ पैसा बढेर २२ रुपैयाँ ५० पैसा पुगेको छ। त्यसैगरीबैंककाे मूल्य आम्दानी अनुपात ९.०२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ २२ पैसा रहेको छ।

प्रकाशित मिति : January 21, 2024 at 10:59 am