९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

हकप्रद निष्काशन प्रयोजनार्थ अरुण भ्याली हाइड्रोपावरले तोक्यो बुकक्लोज मिति

५ माघ, काठमाडाैँ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन  प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ।

कम्पनीले माघ १५ गते बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ माघ १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीले निष्काशन गर्ने हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

प्रकाशित मिति : January 19, 2024 at 2:30 pm