२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष जोशीको निधन

४ माघ, बाजुरा । बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको ५० वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ ।

लामो समयदेखि क्यान्सरबाट पीडित जोशीको स्वामीकार्तिक खापर गाउँपालिका–४ स्थित आफ्नै निवासमा मृत्यु भएको सो गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले जानकारी दिए ।

विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित उपाध्यक्ष जोशीले लामो समयदेखि क्यान्सरको उपचार गराइरहेकी थिइन्। उनी नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराको सदस्य पनि हुन् ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार १५:२८