सेयर बजारमा सामान्य अंकको गिरावट, ८ अर्ब ९ करोडकाे काराेबार
४ माघ, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.२४ अकंले घटेर २१५५.८२ बिन्दुमा बन्द भएको छ ।
आज ८ अर्ब ९ करोड १४ लाख ६३ हजार रुपैयाँ बराबरको २ करोड ९ लाख २९ हजार ८९३ कित्ता सेयर किनबेच भएको छ ।
प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार १५:१६












