लोअर इर्खूवा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त
४ माघ, काठमाडाैँ । लोअर इर्खूवा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ३० करोड ५० लाख रुपैयाँको २१.५ प्रतिशत अर्थात् १०० रुपैयाँ अंकित दरको २८ लाख ५ हजार ७५० कित्ता आईपीओ सर्वसाधारणहरुमा निष्काशन गर्ने भएकाे हाे ।
आईपीओ जारी गर्न कम्पनीले मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सेयर निष्कासन सम्बन्धी सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक विश्वेश्वर सुबेदी तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । कम्पनीले भोजपुर जिल्लामा निर्माण गरिरहेको तल्लो इर्खूवा जलविद्युत आयोजनाको निर्माणको कामअन्तिम चरणमा पुगेको छ ।
प्रकाशित मिति : 11:49









