सोनापुर मिनरल्सले बोलायो साधारणसभा, सेयरधनीकाे हाल खाली
४ माघ, काठमाडाैँ। सोनापुर मिनरल्सले १६ औं वार्षिक साधारणसभा बाेलाएकाे छ । कम्पनीको माघ ३ गते बसेको सञ्चालक समितिको बैठकले माघ २६ गते साधारणसभा गर्ने निर्णय गरेको हो। सभा दाङको घोराही–१५ स्थित होटल माला इनमा बिहान १० बजेबाट सुरु हुनेछ।
कम्पनीले साधारणसभामा लाभांश वितरण गर्ने कुनै प्रस्ताव राखेको छैन। यसकाे अर्थ सोनापुरका सेयरधनीको हात यस वर्ष खाली हुने भएको छ।
सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ। सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव राखेको छ। साथै, सभामा हाल कायम चुक्ता पूँजी र सञ्चित मुनाफाको जम्मा रकम भन्दा बढीको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि आगामी माघ १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। माघ ११ गतेसम्म कायम सेयरधनीले कम्पनीको साधारणसभामा सहभागि हुन सक्नेछन् ।
प्रकाशित मिति : January 18, 2024 at 10:29 am









