२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

गंगागाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त

३ माघ, काठमाडाैँ । सरकारले शहिद गंगागाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा डा. रवि मल्ललाई नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले डा. मल्ललाई केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

गत पुस ११ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले डा. मल्ललाई निमित्त निर्देशकको जिम्मेवारी दिएका थिए।

प्रकाशित मिति : January 17, 2024 at 5:17 pm