२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

कैलाश हेलिकप्टरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

३ माघ, काठमाडाैँ । कैलाश हेलिकप्टर सर्भिसेस् लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी ३५ करोड रुपैयाँको १० प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरको ३ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको हो ।

आईपीओ निष्काशनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  बुधवार आयोजित एक कार्यक्रममा कैलाश हेलिकप्टरको तर्फबाट प्रबन्ध संचालक प्रताप जङ्ग पाण्डे तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : 15:05