२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

लोवर इर्खुवा हाइड्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ज्योति क्यापिटल नियुक्त

३ माघ, काठमाडाैँ। लोवर इर्खुवा हाइड्रोपावरले सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका दरले कुल २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको कुल २८ लाख ५ हजार ७५० कित्ता आईपीओ निष्कानस गर्न लागेकाे हाे ।

आईपीओ निष्कासनको लागि कम्पनीले प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल नियुक्त भएको छ । मंगलबार क्यापिटल र कम्पनी बीच सेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।उक्त सम्झौतामा ज्योति क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र लोवर इर्खुवा हाइड्रोपावरको तर्फबाट प्रवन्ध सञ्चालक विश्वेश्वर सुवेदीले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : 10:58