२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

जन्मकैद सजाय पाएर फरार रहेका धादिङका सूर्यबहादुर २१ वर्षपछि पक्राउ


२ माघ, काठमाडौं। सर्वश्वसहित जन्मकैद सजाय पाएर फरार भएका अभियुक्तलाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ । धादिङको ज्वालामुखी गाउँपालिका-१का ७० वर्षीय सूर्यबहादुर दवाडीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।

उनलाई माघ १ गते रुपन्देहीको बेलहियाबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । पक्राउ परेका उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार जगनाथदेवल पठाइएको प्रहरीले जनाएको छ । दवाडीले २०५० साल फागुन २८ गते श्रीमती सानुमाया दवाडीलाई कुटपिट गरी नाम्लोले घाँटी कसेर हत्या गरेका थिए ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलवार १५:५१