२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

भंगहा-जयनगर रेलमा सवार एक यात्रुको मृत्यु

२ माघ, काठमाडाैँ ।  महोत्तरीको भंगहाबाट जयनगरतर्फ जाँदै गरेको रेलमा सवार एक यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको लोहरपट्टी नगरपालिका ४ खुट्टापिपराढीका ५० वर्षीय रामएकवाल पण्डित रहेको प्रहरीले जनाएको छ।

कुर्था र जनकपुर रेल्वे स्टेसनको बीचमा बिहान करिब ९ बजे रेलभित्रै अचानक उनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए । टिटीले टिकट चेक गर्न जाँदा अचानक रेल लडेर उनको मृत्यु भएको जानकारीमा आएको डिएसपी अवाले बताए । मृतक पण्डितको शव पोष्टमर्टमका लागि  प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलवार १२:४०