२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्दै यति ब्रुअरी

१ माघ, काठमाडाैँ। यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ विधि मार्फत आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ । सभा माघ २५ गते कम्पनीको रजिष्टर्ड कार्यालत, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।

सभाले बुक बिल्डिङ विधि मार्फत आइपीओ जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ । साथै, सभाले सेयरधनीलाई १०० प्रतिशत बोनस सेयर (कर बाहेक) र १०० प्रतिशत नगद लाभांश (कर बाहेक) वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

यसैगरी, सभाले कम्पनीको सेयरको अंकित मूल्य ५० रुपैयाँ कायम गर्ने र आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । त्यस्तै, सभाले आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । हाल कम्पनीले अर्ना, किङफिसर, शिखर लगायतबियर उत्पादन गर्दै आएको छ ।

प्रकाशित मिति : 16:20