कतिले भरे सर्वोत्तम सिमेन्टको आईपीओ ?
१ माघ, काठमाडौँ । सर्वोत्तम सिमेन्टले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई खुला गरेको आईपीओमा ४२ करोड बढी रकम संकलन भएकाे छ । सिडिएसका अनुसार कम्पनीकाे आईपीओमा पुस २९ गते साँझ ५ बजेसम्ममा १७ हजार ५४२ जना आवेदकले ८५ लाख ८३ हजार १८६ रुपैयाँ बराबरकाे ११ लाख ८७ हजार ५४० कित्ता सेयरकाे लागि आवेदन दिएका छन् ।
कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि २ लाख ६७ हजार कित्ता सेयर निष्काशन गरेकाे छ । कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरमा न्यूनतम ५० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ
प्रकाशित मिति : 15:06









