८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

अरुण भ्याली हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

१ माघ, काठमाडाैँ। अरुण भ्याली हाइड्रोपावरको बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष जीवन राज शाक्यको अध्यक्षतामा कम्पनीकाे २६ औं साधारणसभा आइतबार  सम्पन्न भएको हो ।

सभाले आव २०७९/८० को प्रयोजनको लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ। कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेकाे छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई भखरै मात्र १:१ को अनुपातमा शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ । कम्पनीले १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता बराबरको सेयर निष्कासन गर्ने छ ।कम्पनीकाे हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेकाे छ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार ११:३३