पाँच महिनामा वाणिज्य बैंकहरूको नाफा झण्डै २९ अर्बः नबिल र ग्लोबल अग्रस्थानमा
१ माघ, काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा वाणिज्य बैंकको नाफा साढे २८ अर्ब रुपैयाँ नाघेको छ । साउनदेखि मंसिरको अवधिमा २० वटा वाणिज्य बैंकले २८ अर्ब ६४ करोड ६६ लाख ७० हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।
गत कात्तिकमा २० वटा वाणिज्य बैंकहरूले २० अर्ब ७३ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । एक महिना (मंसिरमा मात्र) मै बैंकहरूले ७ अर्ब ६३ करोड ५५ लाख रुपैयाँ नाफा कमाएका छन् ।
यो अवधिमा सबैभन्दा बढी नाफा आर्जन गर्नेमा नबिल बैंक रहेको छ । याे अवधिमा नबिल बैंकको नाफा २ अर्ब ९६ करोड ९३ लाख ५० हजार रुपैयाँ रहेको छ । दाेस्राेमा ग्लोबल आइएमई बैंक रहेकाे छ । याे अवधिमा ग्लोबल आइएमई बैंकले २ अर्ब ७३ करोड ७९ लाख २० हजार नाफा कमाएकाे छ ।
तेस्राेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेकाे छ । याे अवधिमा बैंकले २ अर्ब ६० करोड ९० लाख ५० हजार नाफा कमाएकाे छ । त्यस्तै, याे अवधिमा प्राइम बैंकले १ अर्ब ९२ करोड ८९ लाख ४० हजार, एनआईसी एशिया बैंकले १ अर्ब ८५ करोड १ लाख, हिमालयन बैंकले १ अर्ब ८० करोड ४९ लाख २० हजार रुपैयाँ नाफा कमाएका छन् ।
राष्ट्र बैंकका अनुसार याे अवधिमा प्रभु बैंकले १ अर्ब ४९ करोड ४५ लाख, एनएमबि बैंकले १ अर्ब ४५ करोड १३ लाख, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ४१ करोड १ लाख, एभरेष्टले १ अर्ब ४० करोड ३२ लाख, कुमारी बैंकले १ अर्ब ३० करोड १५ लाख, स्टयान्डर्ड चार्टर्ड बैंकले १ अर्ब २५ करोड ६० लाख, नेपाल बैंकले १ अर्ब २१ करोड ३१ लाख, सानिमा बैंकले १ अर्ब ७ करोड ६३ लाख रुपैयाँ नाफा कमाएका छन् ।
लक्ष्मी सनराइज बैंकले ८९ करोड ८० लाख, माछापुच्छ्रे बैंकले ७६ करोड २७ लाख, सिटिजन्स बैंकले ७४ करोड ३५ लाख, नेपाल एसबिआई बैंकले ७० करोड ८० लाख, सिद्धार्थ बैंकले ६२ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । याे अवधिमा सबैभन्दा कम नाफा आर्जन गर्नेमा कृषि विकास बैंक रहेको छ । यो अवधिमा कृषि विकास बैंकले ४० करोड ३८ लाख ६० हजार मात्रै नाफा कमाएको छ ।
प्रकाशित मिति : १ माघ २०८०, सोमबार १०:५५