२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

जनता प्रसारण तथा प्रकाशनले आईपीओ निष्कासन गर्ने

२९ पुस, काठमाडौँ । जनता प्रसारण तथा प्रकाशनले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित आगामी फागुन १२ गते र १३ गते वार्षिक साधारण सभा बाेलाएकाे छ ।

सभा काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा हुनेछ । सभाले गत आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत रहेको छ ।

प्रकाशित मिति : 13:45